२७ जेष्ठ २०८३, बुधबार 1781096751
Banner

अनुमतिविना महानगरमा फोहोर उठाए जरिवाना


काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमतिविना चोक तथा सडकबाट फोहोर उठाउने र छान्ने काम नगर्न आग्रह गरेको छ । सरोकारवालालाई एक सूचना जारी गर्दै महानगरले यस्तो बताएको हो ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ, “काठमाडौं महानगरपालिका क्षेत्रभित्रको नगरजन्य फोहरमैलाअन्तर्गत अजैविक ९सुक्खा० फोहोर व्यवस्थापनका लागि विभिन्न सात क्षेत्रमा सुक्खा फोहर मेटेरियल रिकभरि सुविधा सञ्चालन गर्न लागेकोले महानगरपालिकाको अनुमति नलिई व्यावसायिक रूपमा व्यावसायिक संस्था, चोक, सडकबाट फोहर उठाउनेरछान्ने कार्य नगर्नरनगराउनुहुन सम्बन्धित सबैका लागि यो सूचना जारी गरिएको छ ।”

यस सूचनालाई अटेर गरेमा जरिवाना गरिने महानगरले जनाएको छ । “यस्तो कार्य गरेको भेटिएमा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ र दफा ३९, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ र दफा ५२ एवं काठमाडौं महानगरपालिकाको चालु आ।व। को आर्थिक ऐन बमोजिम कसुरअनुसारको जरिवाना गरिने व्यहोरा समेत जानकारी गराइन्छ,” सूचनामा उल्लेख छ ।