६ आश्विन २०८१, आइतबार 1727061485
राजनीति

काँग्रेसको चुनाव प्रचारमा हिँडेका युवकको गाडीबाट खसेर मृत्यु

काठमाडौं । सल्यानमा नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ।

कालीमाटी गाउँपालिका–२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। कांग्रेसबाट कालीमाटी गाउँपालिका–२ को वडाध्यक्षका उम्मेदवार सवार लु १ ज ४५९९ नम्बरको जिपको छतबाट खसेका थापाको टाउकोमा गम्भीर चोट लागेको थियो।

अहिले गाडी र चालक दाङ जिल्ला बबई गाउँपालिका–२ निवासी खुमबहादुर छन्तेललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।