३ जेष्ठ २०८३, आइतबार 1779016138
Banner

भक्तपुरको सूर्यविनायकमा स्कारपियो दुर्घटनामा , ८ जना घाईते

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ मा गुण्डुतर्फ जाँदै गरेको एउटा स्कारपियो आज दुर्घटनामा परेको छ।

उक्त दुर्घटनाको भिडिओ हेर्दा गाडीको गति अत्याधिक तीव्र रहेको देखिएको छ। दुर्घटना कहालिलाग्दो देखिएको छ। भक्तपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक माधव बुढाथोकीले एक्कासी ब्रेक लगाएर अनियन्त्रित हुँदा दुर्घटना भएको देखिएको थाहाखबरलाई बताए ।

उनले यात्रुहरू एक साइडमा बसेकाले नियन्त्रणको प्रयास गर्दागर्दै अनियन्त्रित भएर उतैतर्फ पल्टिएको चालकले बताएका पनि जानकारी दिए।

तीव्र गतिका कारण आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा ८ जना घाइते भएका बुढाथोकीले जानकारी दिए। एकजनाको अवस्था गम्भीर छ। घाइतेको थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा स्थानीय सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोख्रेल, विवेक बस्नेत, रुपा पन्त र आशिष अछामी घाइते भएको प्रहरीले जनाएको छ।