२५ श्रावण २०८३, सोमबार 1786418904
अर्थ

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ : अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको छ । गत शुक्रबार प्रतितोला सुन रु एक लाख ७४ हजार ५०० मा कारोबार भएकामा आज प्रतितोला रु ४०० ले घटेर रु एक लाख ७४ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४५ मा कायम भएको छ । शुक्रबार सोही परिणामको चाँदी रु दुई हजार ५० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस रु दुई हजार नौ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।