काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले व्यापार गर्न नहुने बताएका छन् । गरिरहेको भए तत्काल बन्द गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै घिमिरेले भने, ‘सरकारले व्यापार गर्नु हुँदैन । गरिरहेको भए तत्काल बन्द गरोस् ।’
उनले दानबाट सामाजिक र धार्मिक क्षेत्र चल्ने, निजी क्षेत्रले व्यापार गर्ने र उसले तिरेको करले राज्य चल्ने बताए । राज्यले व्यापार गरेमा निजी क्षेत्र सुक्ने, निजी क्षेत्र सुकेमा उनले कर दिन नसक्ने र अन्ततः राज्य टाट पल्टिने बताए ।