४ भदौ २०८३, बिहिबार 1787217125
Banner

त्रिचन्द्र, अमृत साइन्स, आरआर क्याम्पसमा स्ववियू निर्वाचन स्थगित

काठमाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पस, आरआर क्याम्पस र अमृत साइन्स क्याम्पसमा आज सम्पन्न हुने भनिएको स्ववियू निर्वाचन स्थगित भएको छ । सम्पूर्ण तयारी पूरा भएपछि क्याम्पस प्रवेशद्वारमा तालाबन्दी गरिएको र प्रतिकूल अवस्था सिर्जना भएको कारण निर्वाचन स्थगित गरिएको हस्ताक्षरित सूचनामा उल्लेख छ।

सरोकारवाला सबै पक्षसँग छलफल गरी निर्वाचनको नयाँ मिति तय गरिने बताइएको छ।

सत्तारुढ एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका सदस्यहरूले गएराति क्याम्पसमा तालाबन्दी गरेका थिए। निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक(फरक डिजिटल कार्ड प्रशासनबाट जारी गरिएको भेटिएकाले अखिलका सम्बन्धित पदाधिकारीहरूले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

अखिलका पदाधिकारीहरूले एक विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनको यो कार्यको विरोध गरेका छन्।