७ जेष्ठ २०८३, बिहिबार 1779410714
समाचार

मोरङको धनपालथानमा आगलागी हुँदा २ बच्चाको मृत्यु

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कदमामा रहेको मुस्लिम बस्तीमा मंगलबार आगलागी हुँदा दुई जना बच्चाको जलेर मृत्यु भएको छ ।  मृत्यु हुने बच्चाको सनाखत भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाका अनुसार आगलागीबाट ६÷७ घर जलेका छन् । यसैगरी अहिलेसम्म आगो नियन्त्रण हुन नसकेको उनले बताए ।

आगलागी नियन्त्रणका लागि स्थानीयबासी,  दमकल र प्रहरी खटिएको मोरङ प्रहरीले जनाएको छ । साना छाप्रा घर र परालको माचसमेत घरकै उेउमा रहेकाले आगोले उग्ररुप लिएको प्रहरीले जनाएको छ ।