२७ भदौ २०८३, शनिबार 1789249112
Banner

निर्वाचनमा खटिने सुरक्षाकर्मीको निधन भएमा परिवारलाई २० लाख सहयोग

काठमाडौँ- सरकारले स्थानीय तहको निर्वाचनका लागि  सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई रु २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । 

गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन अवधिभर सुरक्षामा खटिने म्यादी प्रहरीसहित सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई रु २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।