४ आश्विन २०८१, शुक्रबार 1726821044
Banner

मतदाताको घरदैलोमा उम्मेदवार

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार आफ्नो पक्षमा भोट माग्न अन्तिम कसरतमा छन् । मत खसाल्ने दिन नजिक आएका बेला उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिँदै अन्तिम कसरतमा जुटेका हुन् । सूर्यविनायक नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्यहरु यतिबेला जिल्लाका १० वटै वडामा भोट मागेर घरदैलो अभियानमार्फत आफनो पक्षमा भोट हाल्न मतदातालाई आकर्षित गरिरहेका छन् ।

जनताको आवश्यकताअनुसार प्रतिबद्धतापत्र बनाएको र स्थानीयका समस्या बुझ्ने र भोट माग्ने उद्देश्यसहित घरदैलो गरिरहेको सूर्यविनायक नगरपालिकाका उपमेयरका उमेदवार सरिता भटटराईले बताउनुभयो ।

निर्वाचनको मिति नजिकिएसँगै मत माग्ने कार्य अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनुभयो । जसअन्र्तगत आज नेकपा एमाले सूर्यविनायक नगरपालिकाका मेयर, उपमेयरका उमेदवारले वडा नम्वर ९ को पलासे चोकबाट घरदैलो अभियान शुरु गरेर महत गाँउ, चौतारा, पाखा गाउँ, नलिनी चोक, अरनिको हाइवे हुँदै फनभ्यालीमा पुगेर समापन गरेका थिए ।

घरदैलो अभियानमा नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, प्रदेश सांसद शसी थापा, मेयर पदका उम्मेदवार बासुदेव थापा, उपमेयरका उम्मेदवार सरिता भटटराई, वडाका अध्यक्ष, सदस्यका उमेदवार, जिल्ला कमिटिका सदस्यहरु, नगरकमिटिका सदस्य र स्थानीय नेता कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो ।