काठमाडौं । काठमाडौंमा विहीबारदेखि दक्षिण एसियाली किसान सम्मेलन हुने भएको छ ।

सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका २५ बढी किसान संगठनका प्रतिनीधिहरुले सहभागिता जनाउनेछन् । सम्मेलनमा ३० भन्दा बढी विदेशी र नेपालका १ सय ५० बढी सहभागीहरु सहभागि हुनेछन् । काठमाडौंको गौशाला स्थित क्रिस्टल होटलमा हुने सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।
दक्षिण एशियाली किसान संगठन यस क्षेत्रका किसानहरुको एक महत्वपूर्ण मञ्च भएको सम्मेलनका आयोजक संगठन अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले जानकारी दिनुभयो ।

सम्मेलनमा दक्षीण एसिया क्षेत्रमा रहेका किसानहरुले भोगिरहेका समस्या र ती समस्या समाधानका विषयमा बृहत छलफल गरिने उहाँले बताउनुभयो ।

सम्मेलनमा भारतका विभिन्न ठुलापार्टी निकट चार किसान संगठन, बंगलादेशबाट चार वामपन्थी पार्टी निकट किसान संगठन,श्रीलंका, पाकिस्तान र नेपालका किसान संगठनका प्रतिनीधिहरुको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष दंगालले जानकारी दिनुभयो ।


