३ आश्विन २०८१, बिहिबार 1726804655
Banner

उम्मेदवारलाई मिठाईमा विष मिलाएर खुवाएको आरोपमा प्रदर्शन, हरिवन तनावग्रस्त

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका माओवादी केन्द्रका वडाध्यक्ष सहितका उम्मेदवारलाई विपक्षी कार्यकर्ताले विष मिलाएर मिठाई खुवाएको आरोपमा हरिवन बजार तनावग्रस्त भएको छ ।

आइतबार दिउँसो घरदैलो क्रममा वडाध्यक्षका उम्मेदवार शेख इस्तिहारसहितका उम्मेदवारलाई विष शेवन गराइएको आक्षेप माओवादी केन्द्र हरिवनका नगर कमिटी अध्यक्ष अर्जुन पन्तले लगाउनुभएको छ ।

वडा अध्यक्ष इस्तिहारको अवस्था गम्भीर रहेको बताइएको छ । उहाँलाई उपचारका लागि हरिवनस्थित स्वाभिमान अस्पताल हरिवनमा सामान्य उपचारपछि वीरगन्ज रेफर गरिएको छ । अन्य घाइतेको हरिवनमै उपचार चलिरहेको छ । अहिले माओवादीका कार्यकर्ताले प्रदर्शन गर्दा सर्लाहीको हरिवन बजार तनावग्रस्त छ ।

माओवादी कार्यकर्ताहरुले पूर्व पश्चिम राजमार्गमा अवरोध गर्दा हजारौं सवारी साधन र यात्रु प्रभावित भएका थिए ।