१ असार २०८३, सोमबार 1781576741
Banner

नीति र सिद्धान्तबाट पदच्यूत माओवादी पतनको बाटोमा : बादल

चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र पतनको दिशामा अघि बढेको दाबी गर्नुभएको छ । चितवन एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले माओवादी केन्द्र आफ्नो नीति र सिद्धान्तबाट पदच्युत भएको बताउनुभयो । 

माओवादी केन्द्रको भ्रममा रहेका कार्यकर्तालाइ भ्रममुक्त हुन पनि उहाँले आग्रह गर्नुभयो। नेकपा एकीकृत समाजवादी रावणको पुच्छर भएको बताउँदै उहाँले शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको सरकार नभएर दलालहरुको सरकार भएको बताउनुभयो।

गठबन्धन भनेको बाँडीचुँडी खाने गुट मात्र भएको भन्दै उहाँले गठबन्धन लोकतन्त्र विरोधी भएको आरोप लगाउनुभयो। कम्फर्टेबल सरकारलाई निरन्तरता दिएर देशलाई विदेशीको गुलाम बनाइराख्न चाहेको उहाँको भनाइ छ।