२७ भदौ २०८३, शनिबार 1789251743
Banner

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक शुक्रबार (भोलि) सम्मका लागि स्थगित भएको छ। यसअघि बिहीबार (आज) बिहान ११ बजे बसेको थियो। तर, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइएको भन्दै प्रमुख प्रतिपक्ष तथा विपक्षी दलहरूले अवरुद्ध गरेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको थियो।

तर, बैठक ३ बजे पनि बसेन। यसपछि संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँस गरी बैठक भोलि ११ बजेसम्मका लागि सरेको जानकारी गराएका हुन्।

यसअघि हिजो पनि बैठक बस्न सकेको थियो। सरकारले गत चैत ११ गते घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। त्यसको विपक्षमा अहिले सडकदेखि सदनसम्मै तातिएको छ।