४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 9:43 am
Banner

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

सूचना प्रेस २०८१ चैत्र १६ आइतबार ००:००, १९:४७ बजे १ मिनेट पढाइ

काठमाडौँ- सरकारले भोलि सार्वजनिक विदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) अवसरमा भोलि (सोमवार) सरकारले सार्वजनिक बिदा दिएको हो । 

“‘मिति २०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल चैत्र १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि गरिएको छ,” गृह मन्त्रालयद्वारा जारी सुचनामा भनिएको छ ।