४ आश्विन २०८१, शुक्रबार 1726846880
खेलकुद

न्युकासलमाथि सिटीको फराकिलो जित

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युकासललाई ५-० गोल अन्तरले हराएको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले १९औं र ३८औं मिनेटमा गोल गरे ।खेलको ६१औं मिनेटमा रोड्रीले गोल गरेपछि सिटीको अग्रता तेब्बर बन्यो । ९०औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटीको अग्रता ४-० ले अघि रह्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५-० को जित दिलाए । जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ ।

सिटीले ३५ खेलमा ८६ अंक जोडेको छ भने न्युकासल ४३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।