२८ भदौ २०८३, आइतबार 1789323242
Banner

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

संसद्को हिउँदे अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिने र उनको स्वीकृतिपछि औपचारिक रूपमा अधिवेशन समापन हुनेछ।

यसैगरी, मन्त्रिपरिषद्ले म्यानमारमा हालै गएको भूकम्पबाट प्रभावितहरूलाई राहत सामग्री उपलब्ध गराउने निर्णय पनि गरेको छ। म्यानमारका पीडितहरूको सहयोगका लागि नेपालले तत्काल राहत पठाउने मन्त्री गुरुङले बताए।