४ आश्विन २०८१, शुक्रबार 1726853087
Banner

एमाले अध्यक्ष ओली,आज पोखरादेखि झापासम्म चार जिल्लाका कार्यक्रमहरुलाई सम्बोधन गर्दै

भक्तपुर- चुनाव प्रचारका लागि ४८ घण्टा समय मात्र बाँकी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनावी दौडाहा उत्कर्षमा पुगेको छ ।

अध्यक्ष ओलीले आज पोखरा देखि झापासम्म चार जिल्लाका कार्यक्रमहरुलाई सम्बोधन गर्दैहुनुहुन्छ ।
अध्यक्ष ओलीको सचिवालयले जनाए अनुसार विहान १० बजे अध्यक्ष ओली पोखराका लागि उड्नुहुनेछ । पोखरा महानगरपालिकाको चुनावीसभालाई सम्बोधन गरेर ललितपुर महानगरपालिकाको कार्यक्रमलाई सम्बोधन गर्न आउनुहुनेछ । त्यस लगत्तै अध्यक्ष ओलीले किर्तिपुर नगरपालिकामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । त्यसपछि साँझ ६ बजे अध्यक्ष ओली भद्रपुर विमानस्थलमा अवतरण गरेर आफ्नो गृहनगर दमकमा आउने कार्यक्रम छ ।
अध्यक्ष ओलीका प्रतिनिधी एवं प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार साँझ अध्यक्ष ओलीले दमकको नेतृत्वसँग चुनावी तयारी बारे छलफल गर्ने कार्यक्रम छ ।