४ भदौ २०८३, बिहिबार 1787218912
Banner

थाइल्याण्डमा प्रधानमन्त्री ओलीलाई भव्य स्वागत

काठमाडौँ। थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भव्य स्वागत गरिएको छ। सो अवसरमा थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच पनि थिइन्।

थाइल्याण्डका प्रधानमन्त्री शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा ओली मंगलबार पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण छन्। यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी शिनावातले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।