काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वविुयको मतगणनामा नेपाल विद्यार्थी संघका अध्यक्ष उम्मेदवार गोविन्द कोइरालाले अग्रता लिएका छन् । बुथ नम्बर एकको मतगणना सकिंदा नेविसंघबाट अध्यक्षमा उठेका कोइरालाले १६७ मत प्राप्त गरेका छन् ।
३३२ मत गणना हुँदा अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार बनेका प्रमित विष्टले ७६ मत पाएका छन् । विष्ट सात संगठनको प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६५ मत ल्याएका छन् । नेविसंघबाट समर्थित स्वतन्त्र उम्मेदवारी दिएका श्रीधर श्रेष्ठले २ मत पाएका छन् ।