१९ असार २०८३, शुक्रबार 1783085504
Banner

प्रधानमन्त्री ओली र थाइल्यान्डका व्यवसायीबीच भेटवार्ता

काठमाडौं।थाइल्यान्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैंककमा थाइल्यान्डका वरिष्ठ व्यावसायीहरुको भेटवार्ता भएको छ।

भेटका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्य पनि सहभागी रहेका प्रधानमन्त्री ओलीको सचिवालले जनाएको छ।

प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ थान शिनावातबीच हिजो भेटवार्ता भएकाे थियाे।

थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा मंगलबार ओली थाइल्यान्डको बैंकक पुग्नुभएको हो।