बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको बुटवल स्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठीत अपराध सम्बन्धी मुद्दाको पेशी उपर उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा चलिरहेको बहस सकिएको छ ।
आज लामिछानेको तर्फबाट बरिष्ठ अधिवक्ता नारायण कँडेल, पशुपति भण्डारी लगायतले बहस गरेका थिए । सरकारी वकिलसँगै सवाल जवाफ सकिएको छ । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासमा चलेको बहस भएको थियो । अब एकछिनमा आदेश आउने छ । यसमा जोशीको मुद्दा पनि सँगै जोडिएको छ ।