११ जेष्ठ २०८३, सोमबार 1779699356
Banner

रवि लामिछानेलाई भैरहवा ल्याइँदै

काठमाडौं । हिजो राती काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिने भएको छ । प्रहरी स्रोतका अनुसार रविलाई विमानमार्फत भैरहवा लगिन लागिएको हो ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

आदेश लगत्तै प्रहरीले रविलाई उनकै निवासमा पुगेर पक्राउ गरेको हो ।