काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताको आक्रोशलाई सामान्य लिन नुहने बताएका छन्।
कांग्रेस चितवनले मङ्गलबार चितवनमा आयोजना गरेको ३५औँ जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन्।
‘जनताको आक्रोशलाई सामान्य लिन हुँदैन,’ उनले भने। उनले सरकारले काम गर्न नसक्दा जनता आक्रोशित भएको पनि बताए। वर्तमान सरकार गठनका समयमा दुई दलबीच भएको सहमति कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले भने, ‘अहिले जनता दिनहुँ सडकमा आइरहेका छन्। यसको अन्त गरेन सके मात्रै सरकार भएको अनुभूति हुन्छ।’


