सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले जनताले ल्याएको परिवर्तनको रक्षा एमालेले गर्ने बताएका छन् ।
नेकपा एमालेले मंगलबार आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै उनले जनताले दिएको जिम्मेवारी एमालेले सम्हाल्न सक्ने सन्देश दिनका लागि जनताको बीचमा आएको बताए । “गणतन्त्रले के दियो भन्नेहरूले यो कुरा देख्न सक्नुपर्छ । दसैँमा एक माना चामल पायो भने टीका लगाउन पाइन्न भन्ने अवस्थाबाट कर्णालीवासी आज चामलको भात खान सक्ने भएका छन्”, उनले भने ।
नेपालको राजनीतिमा अढाइ सय वर्ष शासन गरेको शाहवंशीय राजसंस्था जनताको आन्दोलनबाट सधैँका लागि बिदा गरिसकेको उनको भनाइ छ ।


