३१ जेष्ठ २०८३, आइतबार 1781415925
समाचार

झापामा चट्याङ लागेर एकजनाको मृत्यु

काठमाडौँ । भद्रपुर (झापा) झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ। घरमै खाजा खाँदै बसिरहेको बेलामा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आएका थिए। शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।