३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:03 am
Banner

न्यूयोर्कको हडसन नदीमा हेलिकप्टर दुर्घटना: ६ जनाको मृत्यु

सूचना प्रेस २०८१ चैत्र २८ शुक्रबार ००:००, ०६:३० बजे १ मिनेट पढाइ

काठमाडौं- स्पेनका पर्यटकहरूलाई बोकेको हेलिकप्टर न्युयोर्कको हडसन नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका अधिकारीहरुका अनुसार मृत्यु हुनेहरुमा तीन बच्चा, तीन वयस्क छन् ।

हेलिकोप्टरमा पाइलट र स्पेनबाट आएको एउटा परिवार रहेको अधिकारीहरुले जनाएका छन् । घटनास्थलबाट लिइएका तस्वीरमा हेलिकोप्टर नदीमा उल्टो तैरिरहेको अवस्थामा देखिएको छ ।

न्युयोर्क प्रहरीका अनुसार पीडितहरूको पहिचान परिवारलाई जानकारी दिएपछि सार्वजनिक गरिनेछ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।