८ मंसिर २०८१, शनिबार 1732372959
राजनीति

त्रियुगाका मेयर पदका उम्मेदवार भागवत राउतको उद्घोष्,‘ निर्वाचित भएपछि तलव–भत्ता वापतको कुनै सेवा–सुविधा लिन्न’

उदयपुर । नेकपा (एमाले)को तर्फवाट उदयपुरको त्रियुगा नगरपालिकाबाट मेयर पदको उम्मेदवार बन्नुभएका भागवत राउत २०४५ सालबाट राजनीतिमा प्रवेश गर्नुभएको हो । जिल्लामा विकासप्रेमी र समाजसेवी नेताका छवि बनाउनु भएका राउतले नेपाल ल क्याम्पसवाट वि.एल र काठमाडौँ विश्वविद्यालयवाट राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरुा गर्नुभएको छ । बुवा चक्र बहादुर र आमा लक्ष्मी राउतको नवौं सन्तानको रुपमा जन्मिनु भएका राउतले त्रियुगा माध्यमिक विद्यालयवाट माध्यमिक तहको अध्ययन पूरा गर्नुभएको थियो भने २०४६ सालमा एसएलसी उत्तिर्ण गर्नुभएको थियो ।

कक्षा ९ मा अध्ययन गर्दाताका नै नेकपा मालेको सदस्यता लिएर राजनीतिमा प्रवेश गर्नुभएका उहाँ त्रियुगा नगरपालिकाको पहिलो निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । त्रियुगा नगरपालिका १ वोक्सेमा जन्मनुभएका राउतको राजनीति नेपाल ल क्याम्पसको अध्ययन गर्दा थप अघि बढेको थियो । नेपाल ल क्याम्पसको प्रारम्भिक कमिटी सदस्य भएर विश्वविद्यालय तहको अध्ययनसँगै राजनीति अघि बढाउनु भएका उहाँले नेकपा (एमाले) गाईघाट गाउँ विकास समितिको सदस्यको भूमिकामा रहेर पनि काम गर्नुभएको थियो ।

नेपाल ल क्याम्पसको प्रारम्भिक कमिटी सदस्य भएर विश्वविद्यालय तहको अध्ययनसँगै राजनीति अघि बढाउनु भएका उहाँले नेकपा (एमाले) गाईघाट गाउँ विकास समितिको सदस्यको भूमिकामा रहेर पनि काम गर्नुभएको थियो ।

उदयपुर जिल्लाको अनेरास्वियु उपाध्यक्ष हुदै उदयपुर युवा संघको जिल्ला सदस्यको भूमिका निर्वाह गर्नुभएका राउतले पार्टीको जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा रहेर पनि काम गर्नुभएको थियो । हाल पार्टीको प्रदेश कमिटी सदस्य रहनु भएका उहाँ २०५४ सालमा त्रियुगा नगरपालिका घोषणा भएपछि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

राजनीतिसँग सँगै सामाजिक सेवामा पनि रुचि राख्ने राउतले वडाध्यक्ष पदमा निर्वाचित भएपछि नेकपा (एमाले) का नेता मनमोहन अधिकारीको नाममा आफ्नै वडामा निशुल्क जग्गा दान गरी प्राथमिकतह सम्मको विद्यालय स्थापना गर्नुभएको थियो । जुन विद्यालयमा अहिले निम्न माध्यमिक तहसम्म अध्यापन हुन्छ । नजिकमा विद्यालय नभएपछि दलित, गरिव र असाहय बालबालिकालाई लक्षित गरी उहाँले विद्यालय सञ्चालनमा ल्याउनुभएको हो । अहिले त्यो विद्यालय रहेको जमिन र भौतिक संरचनाको मूल्य करिव ४ करोड जतिको अनुमान छ ।

नजिकमा विद्यालय नभएपछि दलित, गरिव र असाहय बालबालिकालाई लक्षित गरी उहाँले विद्यालय सञ्चालनमा ल्याउनुभएको हो । अहिले त्यो विद्यालय रहेको जमिन र भौतिक संरचनाको मूल्य करिव ४ करोड जतिको अनुमान छ ।

उहाँले स्वास्थ्य क्षेत्रमा पनि योगदान गर्नुभएको छ । नेत्र ज्योति संघ र सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा उहाँकै अगुवाइमा आज भन्दा १५ वर्षअघि पहिलोपटक तत्कालिन त्रियुगा नगरपालिका–१ हालको वडानं १० मा नै प्राथामिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको थियो । जसबाट बार्षिक करिव २० हजारले सामान्य परीक्षण र औषधि–उपचारको सेवा पाएको तथ्याङ्क छ ।

अहिले त्यहि उपचार केन्द्रलाई मेयरका उमेदवार राउतकै पहलमा १ बिघा क्षेत्रफल ओगटेको मदन भण्डारी आँखा अस्पतालको रुपमा रुपान्तरण भएको छ । त्यहाँ भव्य भवन निर्माण गरी विशेषज्ञ चिकित्सकसहितको सेवा सुचारु छ । उहाँले कोभिड महामारीका वेला बेलका नगरपालिमा अक्सिजन प्लान्ट निर्माणको लागि रु ३० लाख सहयोग गर्नुभएको थियो । कोभिडका बेला आँखा अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी कोभिडका विरामीलाई सेवा दिइएको थियो । राउतले आफ्नै पहलमा त्रियुगा नगरपालिका भित्र २३ वटा मठ मन्दिर स्थापना गर्नुभएको छ । विकास निर्माणका हरेक कार्यमा नेतृत्वदायी भूमिका खेल्दै आउनु भएका राउतले समृद्ध त्रियुगाको सपना साकार बनाउन प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले आफू निर्वाचित भएपछि तलव–भत्ता वापतको कुनै पनि सेवासुविधा नलिने घोषणा गर्नुभएको छ । राज्यले प्रदान गर्ने तलव–भत्ता आर्थिक रुपले विपन्न, द्धन्द्ध पीडित बालबालिका र मजदुरका छोराछोरीको शिक्षा–दीक्षामा खर्च गर्ने उहाँको घोषणाले उहाँको चर्चा थप चुलिएको छ । सडको स्तरोन्नति, व्यवस्थित बसपार्क, बजार व्यवथापन, सेवाग्राही मैत्री घर, नक्सा पास प्रणाली, पर्यावरणमैत्री शहरको व्यवस्थापन, भूमीहिन किसानलाई जग्गाको व्यवस्था, जैविक विविधताको संरक्षण, रौतामाई लगायतका धार्मिकपर्यकिय स्थलको व्यवस्थापन, शैक्षिक समुहको निर्माण , प्रविधि युक्त र गुणस्तरीय शिक्षाको व्यवस्थापन, महिला हिंसा र बाल हिंसा लगायत दुर्व्यसनी मुक्त समाजको निर्माण उहाँका प्रतिवद्धता रहेका छन् ।

‘भरपर्दो स्वास्थ्य सेवाको व्यवस्था सवै वडाहरुमा रहेको खेल मैदानहरुको स्तरोन्नती, जेक्ष्ठ नगरिक अपांङ्गगता भएका, असक्त र पछाडि पारिएक वर्ग समुदायको उत्थान कल्याण तथा सामाजिक सुरक्षाको व्यवस्था, फोहोर मैला व्यवस्थामा र विसर्जनको व्यवस्था, कृषि सहकारीको विकास कला सँस्कृतिको संरक्षण गरिने छ,’ उहाँले प्रतिवद्धतापत्रमा समावेश गर्नुभएको छ,’ ‘लघु उद्यम तथा उद्यमशिलता विकास गरीवि निवारण तथा रोजगारिको सृजना विद्युतिय सुसासन र सेवा प्रवाह, निश्चित क्षेत्रमा फ्रि वाईपाई जोनको स्थापना, नगर प्रहरी परिचालन तथा शान्ति सुरक्षामा सुधार लगायतका महत्वपूर्ण कार्यहरु गर्न प्रतिवद्ध छु ।’ उहाँले ती प्रतिवद्धता पूरा गर्न विजयीका लागि आफूसहितका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको छ ।