काठमाडौं । महोत्तरीको मनराशिसवा नगरपालिका –१ मनरा ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका विकेश सिंहका १० वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरी डाक्नेश्वरी नगरपालिका–९ पथरघाटा लक्ष्मीपट्टी गाउँ बस्ने रूपेश सिंहका ९ वर्षीय छोरा आयुषकुमार सिंह रहेका छन् । उनीहरूको सोमबार राति मृत्यु भएको हो ।

पोखरीमा डुबेर अशक्त भएका उनीहरूको नगर अस्पताल मनरामा उपचारको क्रममा मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


