कञ्चनपुर, १७ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको पुनर्वासमा माओवादी जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरूका परिवारलाई सम्मान गरेका छन् ।
पुनर्वास नगरपालिकामा आयोजित सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा ज्यान उत्सर्ग गरेका योद्धाहरूको परिवारलाई सम्मान गरेका हुन् ।
यस वडाबाट मात्र १५ जना योद्धाहरूले जनयुद्धमा प्राण आहुति दिएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सहिदको योगदानलाई युगौंसम्म सम्झिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल परिवार दल परित्याग गर्दै विष्णुकुमारी लामिछाने बिके माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । अध्यक्ष प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।


