६ जेष्ठ २०८२, मंगलबार 1747800092
समाचार

चेक गर्ने क्रममा भागेको कार दुर्घटनामा पर्‍यो, ४२१ किलो गाँजा बरामद

काठमाडौँ, १७ वैशाख । धनकुटाबाट सशस्त्र प्रहरीले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ। बुधबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका( ६ नमस्ते झरनास्थित कोसी लोकमार्गबाट गाँजासहितका कार नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २ प १७३४ नम्बरको कारलाई सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन वेश मुलघाटले जाँच गर्ने क्रममा चालकले नरोकी भगाएका थिए।डिउटीमा रहेका सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्न खोज्दा भागेको कारलाई सशस्त्र प्रहरीले पिछा गर्ने क्रममा अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको कार चालक भने फरार रहेका थापाले बताउनुभयो। कारबाट १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा बरामद भएको छ। कार र बरामद गाँजा थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको डीएसपी थापाले जानकारी दिनुभयो ।