२७ भदौ २०८३, शनिबार 1789234088
Banner

स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित ४ जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका –१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ९५ लाख १७ हजार ५ सय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको हो। आज साँझ ४ बजेतिर काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडि सडकमा २ वटा मोटरसाइकलमा शंकास्पद अवस्थामा आएका उनीहरूको झोला खानतलासी गर्दा स्रोत खुल्न नसकेको उक्त रकम फेला परेको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अपीलराज बोहोराले बताए।