काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौंका सुकुम्वासी बस्तीमा खानेपानी रोकेर सरकारले मानवताविरोधी अपराध गरेको बताएका छन् ।
प्रतिनिधि सभाको आज (सोमवार) बसेको बैठकको विशेष समयमा बोल्दै सांसद साहले सुकुम्वासी बस्तीमा रहेका नागरिकसंग कर लिने, मत लिने तर उनीहरुलाई खानेपानी नदिएर सरकारले मानवता विरोधी अपराध गरेको बताए ।
‘सम्मानिय सभामुख महोदय, काठमाडौंको सुकुम्वासी बस्तीमा खानेपानी छैन् । म सरकारसंग सोध्न चाहन्छु, सुकुम्वासी बस्तीमा खानेपानी किन रोक्नुभो ? खानेपानी त दुसमनलाई पनि रोक्दैन् । तपाईले आफ्नै देशको नागरिकलाई खानेपानी रोकेको सुन्दा असाधै दुःख लागेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘खानेपानी त मौलिक हक हो, संवैधानिक अधिकार हो । के त्यो सुकुम्वासीलाई लागु हुदैन् ? सुकुम्वासीको भोट लिने, सुकुम्वासीको मत लिने, सुकुम्वासीको कर पनि लिने तर ति सुकुम्वासीले खानेपानी नपाउँने ? यो भन्दा विडम्बना के हुन्छ ? यो सामान्य अपराध होईन् । सरकारले मानवता विरोधी अपराध गरेको अभास हुन्छ सभामुखज्यू ।’
कुनै पनि बहानामा कोहीकसैलाई शुद्ध खानेपानीबाट बञ्चित गर्नु राम्रो नभएको उनले बताए । सुकुम्वासी बस्तीमा खानेपानीको व्यवस्था सरकारले यथाशिघ्र गरोस् भन्ने बारेमा सभामुखले रुलिङ गर्नुपर्ने उनले बताए ।
‘हामी हेरिरहेका छौं, उज्यालो नेपाल भनेर सुन्छौं । तर यही काठमाडौंको सुकुम्वासी बस्ती उज्यालोको अवसरबाट बञ्चित छ । बिजुलीबती पुगेको छैन् । यो भन्दा दुखदायी कुरा के हुन्छ ? अमानविय कुरा के हुन्छ ? मानवता के मरेकै हो ? हैनभने सुकुम्वासी बस्तीमा त हाम्रै दाजुवहिनी, दिदिभाई छन् । नेपाली नागरिक नै हुन् । के ती नागरिकलाई यि सुविधानबाट बञ्चित गर्न मिल्छ ? यदी साच्किै यि सुविधा दिन सकिदैन भने उनीहरुबाट कर किन लिनुहुन्छ ? करको दायराबाट पनि बाहिर गर्दिनुपर्यो नि । कर लिने तर सुविधा नदिने ?’ आजपा अध्यक्ष साहले सरकारसंग प्रश्न गर्दै भने ।
उनले भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा निधन भएकी पर्सा वीरगञ्जकी प्रिसा साहको निधन भएको घट्नाप्रति दुःख व्यक्त गर्दै मृत्तकप्रति श्रद्धाञ्जली अर्पण गरे । साथै, पूर्वमन्त्री साहले उक्त घट्ना कसरी भएको हो ? त्यसको छानबिन कहाँ पुग्यो ? भन्नेबारे सरकारसंग जवाफ मागेका छन् ।
यसैगरी गत २८ असारमा दुई यात्रुबाहक बस पहिरोमा परी वेपता भएको र त्यसमा रहेका व्यक्तिका परिवारले राहत सहित अन्य सुविधा समेत पाउन नसकेको बारेमा उनले आवाज उठाएका छन् ।
‘चितवनको भरतपुरमा पहिरोमा परेर दुइटा बस काठमाडौंबाट गौर गईरहेको बस र वीरगंजबाट काठमाडौं आईरहेको बस वेपता भएको घटनामा मृत्यु भएका र वेपता भएका कयौं परिवारले अझै राहत पाएका छैनन्,’ आजपा अध्यक्ष साहले भने, ‘खास गरेर मृत्यु दर्ता प्रमाणपत्रको अभावमा विमाको रकम पाउन सकेका छैनन् । त्यसमा पनि इन्डियन नागरिकहरु मृत्यु प्रमाणपत्रका लागि विभिन्न निकायमा दौडिदै हिडिरहेका छन् । मानवताको हिसाबले पनि नेपाल सरकारले यसमा संवेदनशिलता देखाओस् । हामीले सुनेका छौं, मधेस सरकारले राहत दिदा इन्डियनलाई काटेर राहत दिएको सुन्दा राम्रो लागेन् । यस्ता विभेद कुनै पनि पीडितप्रति गर्नु उचित छैन् । त्यसका पीडितहरुले छिटै न्याय पाओस् भन्ने माग गर्न चाहन्छु । धन्यवाद ।’


