२८ भदौ २०८३, आइतबार 1789299283
समाचार

बाजुरामा विस्फोट पदार्थ पड्किँदा महिलाको मृत्यु

धनगढी । बाजुरामा विस्फोटक पदार्थ पड्किँदा एक महिलाको ज्यान गएको छ।

शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको विस्फोटक पदार्थ पड्किँदा ज्यान गएको हो।

सुजारी पाताल सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा विस्फोटक पदार्थ पड्किँएर गम्भीर घाइते भएकी जैसीलाई उपचारका लागि कोल्टी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।