२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:47 am
समाचार

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

सूचना प्रेस २०८२ बैशाख २८ आइतबार ००:००, ११:०७ बजे १ मिनेट पढाइ

चितवन, २८ वैशाख । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान तुइनखोलामा पल्टिएको थियो ।

ट्रक अन्यत्र सारेर सडक दुईतर्फी खुला गरिएको प्रहरीले जनाएको छ ।