काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पूँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् ।
उनले भने,“पूँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्त्वपूर्ण हो ।’’


