३ आश्विन २०८१, बिहिबार 1726803560
विश्व

बिल गेट्सलाई कोरोना सङ्क्रमण

काठमाडौं- माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले आफूलाई कोभिड–१९ सङ्क्रमण भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा सन्देश जारी गर्दै आफूलाई कोरोना भाइरसको सङ्क्रमण भएको र अहिले आफ्नै निवासमा क्वारेन्टाइन मा रहेको जानकारी दिएका छन् ।

उनीद्वारा ट्विटरमा जारी सन्देशमा आफूले पूर्ण मात्रा खोप लगाएको, परीक्षण र चिकित्सा उपचार लिइरहेको बताइएको छ ।

‘मलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । अहिले मलाई कोभिडका हल्का लक्षणहरू देखिएको अनुभव गर्दैछु र म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरूको सल्लाह पालना गर्दैछु’ उनले भनेका छन् ।

मैले बुस्टरसहित तीन वटै खोप लगाइसकेको छु । खोप लगाउन, परीक्षण तथा महान चिकित्सा उपचारको पहुँच पाएकोमा म आफूलाई भाग्यशाली ठानेको छु’ उनले ट्वीटमा भनेका छन् ।

उनी आफ्नो बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनसँग कोभिड–१९ निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय सहभागी हुँदै आएका छन् ।

विश्वका अति धनाढ्य व्यक्ति अर्बपति बिल गेट्सले ‘अर्को महामारीलाई कसरी रोक्ने’ शीर्षकमा नयाँ किताब मे को सुरुतिर प्रकाशन तथा सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ ।