१ असार २०८२, आइतबार 1750019324
विश्व

विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

काठमाडौँ : इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार बिहान म्याद गुज्रिएको गोलीगठ्ठा नष्ट गर्ने क्रममा भएको एक दुर्भाग्यपूर्ण विस्फोटमा कम्तीमा १३ जनाले ज्यान गुमाएका छन्।

जसमध्ये चार जना सैनिक र नौ जना स्थानीय बासिन्दा रहेका छन् । इन्डोनेसियाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल वाह्यु युधायानाले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भने , “दुईवटा खाल्डाहरूमा विस्फोट सफलतापूर्वक गराइएको थियो, तर तेस्रो खाल्डामा विस्फोटकको तयारी भइरहेको बेला एक्कासि आकस्मिक विस्फोट भएको थियो, जसले गर्दा यो दुःखद घटना घट्न पुग्यो ।

उनका अनुसार, विस्फोट हुनु अघि प्रयोगमा ल्याइएका सबै उपकरणहरूको सुरक्षा जाँच गरिएको थियो र सो स्थल लामो समयदेखि विस्फोटक पदार्थ नष्ट गर्ने प्रयोजनका लागि प्रयोग हुँदै आएको थियो । दुर्घटनामा परेका सबै व्यक्तिहरूलाई पामेउङपेउक जनरल अस्पतालमा पु¥याइएको छ ।

उक्त घटनाको कारणबारे विस्तृत अनुसन्धान अगाडि बढाइने जनाइएको छ ।