१ असार २०८२, आइतबार 1750023052
समाचार

काठमाडौंको मखन गल्लीमा आगलागी

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिका–२४ स्थित मखन गल्लीमा रहेको दुई घरमा आगलागी भएको छ । बुधबार बिहान पौने सात बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको चार तले घरबाट सुरु भएको आगलागी नजिकैको अर्को पाँचतले पक्की घरमा पनि सल्किएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।