२७ जेष्ठ २०८३, बुधबार 1781080032
Banner

रुस र युक्रेनबीच आज बार्ता हुँदै, पुटिन सहभागि नहुने

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्कीएमा शान्ति वार्ता हुँदैछ। आजका लागि तय भएको शान्ति वार्तामा भाग लिने अधिकारीहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम छैन।

Russian President Vladimir Putin speaks during a news conference after a meeting of the State Council on youth policy in Moscow, Russia, December 22, 2022. Sputnik/Sergey Guneev/Pool via REUTERS

शान्ति वार्तामा भाग लिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई आह्वान गरे पनि वार्ता टोलीमा उनको नाम सूचीकृत नरहेको रुसको भनाइ छ।

वार्ताका लागि रूसको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने खबरमा उल्लेख छ।

पुटिन र जेलेन्स्की डिसेम्बर २०१९ देखि प्रत्यक्ष रूपमा भेटेका छैनन्। त्यसैले युक्रेनका राष्ट्रपति जेलेन्स्कीले वार्तामा दुवै देशका राष्ट्रपति सहभागी भएर पुटिनलाई व्यक्तिगत रूपमा पनि भेट्ने तयारी गरेका थिए। रुससँगको शान्ति वार्ताका लागि टर्कीए पुगिसकेका जेलेन्स्कीले त्यहाँका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पनि भेट्ने कार्यक्रम छ। एजेन्सी