२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:05 am
समाचार

हुरीले घर भत्कँदा एक जनाको मृत्यु

सूचना प्रेस २०८२ जेष्ठ १ बिहिबार ००:००, ०९:१८ बजे १ मिनेट पढाइ

झापा, १ जेठ । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर उनको मृत्यु भएको हो । यो घटना गए रातिको हो ।