काठमाडौं : काठमाडौं महानगरपालिका-३१ कात्यायनी चोकस्थित सडकमा कात्यायनीबाट भिमसेनगोलातर्फ जाँदै गरेको बा.प्र.०१-०३१ च ९५६३ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने भारत सितामढी घर भएका ४० वर्षीय आलोक कुमार झा को छोरा ३ वर्षीय शिवांस झा को मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-३ सिउरेनीस्थित सडकमा माङपाङ खोलाबाट ठूलोबेशीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ त ८७४१ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार गोरखा आरूघाट गाउँपालिका-९ बगैँचा बस्ने ३८ वर्षीय सुक बहादुर कामीको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


