१ जेष्ठ २०८३, शुक्रबार 1778897012
समाचार

मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन

उदयपुर, ४ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उदयपुरको गाईघाटमा निर्मित गाईघाट–दिक्तेल सडक योजनाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

एक करोड रुपैयाँको लागतमा निर्मित भवनको मन्त्री दाहालले आइतबार उद्घाटन गरेका हुन् । त्यस क्रममा उनले नगारिकको जीवनस्तरमा सुधार ल्याउने गरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए । साथै, सो सडक योजनाको काम निर्धारित समयमानै पूरा गर्न निर्देशन दिए ।

सडक विभागका महानिर्देशक रामहरी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा योजना प्रमुख पशुपति ज्ञवालीले भवन निर्माण पश्चात कार्य सम्पादन सहज हुने बताए ।