१ कार्तिक २०८३, आइतबार 4:44 pm
Banner

काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप, वडा अध्यक्षका उमेदवार गम्भीर घाइते

धादिङ्ग । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा २० जना भन्दा बढी घाइते भएका छन्। झडपमा परि नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको टाउको, दाहिने आँखा, दात लगायत शरिरको विभिन्न ठाउँमा चोट लागेको छ।

घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ । झडपमा परी घाइते हुनेहरुमा तेज कुमार श्रेष्ठ, कविराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, बाबुराम श्रेष्ठ, सुमन श्रेष्ठ, सुब्बा नेपाली, विष्णु कुमार श्रेष्ठ, राजकुमार उपरकोटी, भुपेन्द्र श्रेष्ठ, रामहरी मगराती, राजकुमार श्रेष्ठ, विष्णुकुमार नेपाली, गोकर्ण उपरकोटी, लक्ष्मण राना, विवश राना, विकेश राना, गोपी नेपाली, अनुप श्रेष्ठ, राजकुमार उपरकोटी लगायत घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । त्यस्तै, माओवादी केन्द्रका अनिल श्रेष्ठ र विष्णु राना पनि घाइते भएका छन् ।

तस्वीरः सीताराम अधिकारी /रासस