२६ जेष्ठ २०८३, मंगलबार 1781065642
समाचार

डोल्पामा यार्सा सङ्कलन गर्ने समूहबीच झडप

काठमाडौँ-डोल्पाको ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच आज दिउँसो झडप भएको छ । पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको विषयमा विवाद भई छ-सात सय जनाको सङ्ख्यामा रहेकाबीच झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा प्रहरी खटिएको छ । झडपलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिनुभयो ।

6x/f agfP/ jf; a:b} hfh/sf]6, #) h]7 M 8f]Nkfsf] 7’nLe]/L gu/kflnsf–^ ?kkf6gdf of;f{u’Daf ;Íngstf{ kf6g If]qdf 6x/f agfP/ jf; a:b} . 6x/fdf /ft sf6]kl5 laxfg ;a}/b]lv kf6gdf of;f{u’Daf ;Ísng ug]{ ub{5 . tl:a/ M x]dGt s];L÷/f;;

उहाँका अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ ।