काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जनसेवा नेपाल नामक मोर्चा समाहित भएको छ । आइतबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा जनसेवा नेपाल मोर्चा एकीकृत समाजवादीमा समाहित भएको हो ।
नेकपा (एकीकृत समाजवादी) ललितपुर र रामेछाप जिल्ला कमिटीको संयोजनमा एकता गर्ने भएको हो । मोर्चाबाट पार्टीमा समाहित सविन पुलामीसहितका नेताहरूलाई पार्टी अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव रामकुमार भट्टराई, सचिव मेटमणि चौधरीलगायतले स्वागत गरेका छन् ।


