१४ असार २०८३, आइतबार 1782632612
राजनीति

विपक्षीको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । विपक्षी सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित भएको छ । मंगलबारको बैठकमा विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

तर, सभामुख देवराज घिमिरेले सत्ता पक्षका सांसदलाई बोल्न समय दिएसँगै विपक्षी सांसदले नाराबाजी गरेसँगै बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।