२० आश्विन २०८३, मंगलबार 8:57 am
समाचार

एमाले नेता लालबाबु पण्डितकी पत्नी बिमलाको निधन

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी बिमला महतको निधन भएको छ।

उनको गएराति पौने एकबजे निधन भएको पण्डितले उल्लेख गरेका छन्।  

विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।