काठमाडौँ । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्रप्रसाद थपलिया निर्वाचित भएका छन् । परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
आइतबार भएको निर्वाचनमा धादिङ सिद्धलेक गाउँपालिका परेवाटारका थपलिया अध्यक्षमा निर्वाचित भएका हुन् । १५४ मत पाएर अध्यक्षमा थपलिया निर्वाचित हुँदा उनका प्रतिस्पर्धी दीपेन्द्र भण्डारीले १०४ मत मात्र पाए ।


