२७ जेष्ठ २०८३, बुधबार 1781090552
Banner

विष्णु जोशीले पाए महानगर प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन्।

पूर्व प्रमुख राजु पाण्डे बढीमा ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई उक्त जिम्मेवारी दिएका हुन्।

महानगर स्रोतका अनुसार, जोशीलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखका रूपमा कामकाज गर्न पत्र दिइएको छ। यसको बोधार्थ मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई पनि जानकारी गराइएको छ।