४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 8:33 pm
राजनीति

आज पनि प्रतिनिधिसभाको बैठक स्थगित

सूचना प्रेस २०८२ जेष्ठ २१ बुधबार ००:००, १५:५४ बजे १ मिनेट पढाइ

काठमाडौं, २१ जेठ । आज पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

विपक्षी दल गृहमन्त्रीको राजीनामाको मागबाट पछाडि नहटेपछि आज पनि बैठक बस्दै नबसी स्थगित भएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि विपक्षी दलले उनको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएका छन् ।

सभामुखले दलका सचेतकहरूसँग छलफल गरेपनि सहमति जुट्न नसकेपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।